नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुग्यो ।

 राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । 

total population of nepal 2078


जनगणनाको तथ्याङ्क अनुसार पुरुषको भन्दा महिलाको जनसंख्या सात लाख ९० हजारले बढी रहेको जनाएको छ । तथ्याङ्क अनुसार हाल  महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ छ भने पुरुषको १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको विभागले जनाएको छ ।

राष्ट्रिय तथ्यांक विभागले  सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार १० वर्षमा नेपालको जनसंख्या १० दशमलव १८ प्रतिशतले बढेको देखिएको छ । जुन दश वर्षअघि (२०६८ साल) को जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ को तुलनामा २६ लाख ९७ हजार ९७६ ले  मात्र बढी हो ।

 त्यसै गरी विदेशमा रहेका नेपालीको तथ्याङ्क २१ लाख ६९ हजार ४७८ छ।

२०६८ सालको तुलनामा नेपालको  जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ । अहिले जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको छ । २०६८ सालको जनगणनामा वृद्धिदर १.३५ प्रतिशत थियो ।

नेपालमा १९६८ सालदेखि जनगणना सुरु भएको थियो 


Thankyou For Visit

     Stay Connected with me

⇣⇣⇣⇣⇣⇣⇣⇣⇣⇣Click Here⇣⇣⇣⇣⇣⇣⇣⇣⇣


नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुग्यो । नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुग्यो । Reviewed by KaanxaaPadam on January 25, 2022 Rating: 5

No comments:

Powered by Blogger.