जाडो समयमा स्वस्थ रहने ११ तरिकाहरु

 जाडो समयमा हामीलाई विभिन्न रोगहरुले सताउने गर्दछ 

तसर्थ हामीले निम्न कुरामा ध्यान दिनुपर्दछ।


 १) खानपानमा ध्यान दिने

जाडो मौसममा सुप, तरकारी, फलफूलजस्ता खानालाई सकेसम्म नियमित खाने गर्नुपर्छ। सखरखण्ड, हरियो सागसब्जी, चुकन्दर, अदुवा, लसुन, केरा जस्ता तरकारी र फलफूल खाने गर्नाले शरीरलाई ऊर्जा मिल्नुका साथै शरीरको रोगप्रतिरोधी क्षमता पनि बढ्छ साथै तरकारी र गेडागुडीको झोल जाडो मौसममा बढी खाने गर्नुपर्छ।


२) पर्याप्त मात्रामा पानी पिउने

जाडोमा पानी पिउने रुचि कम हुन्छ। त्यही भएर पानीको मात्रा बढाउन तरकारी र दालको झोल बढी पिउने गर्नुपर्छ। साथै, दिउँसोतिर बेलाबेलामा ग्रिन टी, हर्बल टी आदि पिउने गर्नाले पानीको मात्रा बढ्छ। जसले गर्दा शरीर र छालामा पानीको कमीका कारण देखापर्ने समस्या रोकने गर्दछ ।


३) न्यानो कपडा लगाउने

कतिपय अवस्थामा हामीले कपडा लगाउनमा हेलचेक्य्राइँ गर्छौं र जाडोमा त्यति न्यानो कपडा नलगाई बाहिर निस्कने गर्छौं। यस्तो गर्नु हुँदैन। छातीमा कफ जम्ने, चिसोको कारण घाँटी खसखस हुने, दुख्ने आदि गरेको छ भने छाती र घाँटी छोप्ने खालका कपडा, मफलर लगाउनुपर्छ।


४) तातो पानी पिउने

जाडो मौसममा चिसो पानी नपिउनु नै राम्रो हुन्छ। तातो पानी पिउने गर्नाले रुघाखोकी नलाग्ने, कफ नजम्ने, घाँटी दुख्ने समस्याबाट बच्न सकिन्छ ।


५) बिरामी भएको मान्छेबाट ताढा रहने

जाडो मौसममा रुघाखोकी आदि सर्ने भएकाले यस्ता रोग लागेका मानिसबाट परै रहनुपर्छ। त्यस्ता मानिससँग कुरा गर्दा दूरी कायम गर्ने, हात मिलाउनुको सट्टा नमस्कार गर्ने गर्ने गर्नाले पनि चिसोबाट लाग्ने रोगबाट बच्न सकिन्छ ।



जाडो समयमा स्वस्थ रहने ११ तरिकाहरु जाडो समयमा स्वस्थ रहने ११ तरिकाहरु Reviewed by KaanxaaPadam on January 11, 2022 Rating: 5

No comments:

Powered by Blogger.