तलका मन छुने लाईनहरु Kaancaa Padam युटुब च्यानलमा पनि हर्न र सुन्न सक्नुहुनेछ ।
हो सायद त्यो सम्बनधमा तिम्रो हैन गल्ति मेरो नै गल्ति थियो ,
किनकि त्यो समबन्धमा सम्बन्धको बिश्वास पनि त मैले मात्र गरेको थिए
तिमी बिना तिम्रो यादमा एक्लो जिबन गुज़ार्दैछु अब त विस्तारै भुल्दै जानु छ तिमीलाई
सधै आईरहने तिम्रो यादहरुलाई अनि तिम्रो छायाहरुलाई
म तिमी सङ्ग रिसाउन त म आफैसङ्ग नै रिसाउनु पर्छ,
किनकि आफै सङ्ग रिसाएर आफै कसरी जिउन सकुला र म
चाहे त्यो दिल जति नै किन नदु'खोस त्यो दिल दुखाउने
मान्छे भने सधै त्यहि दुखिरहने दिलमा नै हुदोरहेछ
गाह्रो त आज पनि भएको छ उसलाई भूल्न जसले
जो सम्झनको लागि थुप्रै यादहरु दिएको थियो
कति फरक छ है तिमी र म विचमा , म त्यहि कुरा देखेर रोइदिन्छु ,
तिमी त्यहि कुरामा हासिदिन्छौ...सायद मेरो भाग्यमा रुन लेखेको छ तिम्रोमा हास्न
हरेक पलमा तिम्रो यादमा डुबेर तिमीलाई नै प्रखनु प्रेम हो भने
म तिम्रो निम्ति मेरो अन्तिम सास रहदा सम्म पनि ति्म्रो प्रतीक्षा गरिरहने छु
अझ धेरै मैले तिमीलाई त्यो दिन देखि आफ्नो
सम्झिन थाले जुन दिन देखि तिमी मेरो हुन चाहेनौ
यो प्रेम पनि अनौठो हुदो रहेछ जसलाई अभाब छ उसले पाउनै सक्दैन
अनि जसले पाउछ उसले कदर नै गर्न सक्दैन
छोड्दिए मैल ति मान्छेलाई याद गर्न, जस्लाई मैले सम्मान र इज्जत दिदा पनि
उसैले मलाई आफ्नो लागि झुकेको सम्झने गर्छ
प्रेम तिमीले नगर भने पनि तिमीलाई नै गरिरहन्छु
म , किनकि मलाई मेरो भाग्यमा भन्दा धेरै बिश्वास तिमीमा छ
तिम्रो एक कल र एउटा मेसेज नआउदा आत्तिने मान्छे म, तिमी आफै सोच त,
कसरी तिमीलाई भूलेर तिमी सँग रिसाएर बस्न सक्नु होला र ?
अब उस्को लागि कहिले रुनु छैन जो अरुसंग हासिरहेको छ
अब त त्यो मान्छेलाई सधैं हसाएर राख्नुँछ जो मलाई पाउन भनेर रोइरहेको छ
हामी जो कसैको जिवनमा त्यो बेलासम्म मात्र महत्त्वपूर्ण हुनेरहेछौ जति
बेलासम्म तिनीहरुलाई हाम्रो आवश्यकता हुन्छ
त्यो सम्बन्ध मनबाट सुरु भएको सम्बन्ध हो भने
कहिल्यै छुटन सक्दैन, छुटछन त त्यो सम्बन्ध जो सम्बन्ध
स्वार्थबाट सुरु भएको हुन्छ
त्यो प्रेम सम्बन्ध उसै संग गास्नु छ जस्ले जुनि जुनि सम्म
पनि ति सम्झनाका पानाहरुमा जिबित राख्न सकोस
Join With me
facebook ;- Kaanxaa Padam
Instagram ;- Kaanxaa Padam
Twitter ;- Kaanxaa Padam
Youtube ;- Kaanxaa Padam

No comments: