डिप्रेसन भनेको के हो ? डिप्रेसन भएको कसरी थाह पाउने ?
बिभिन्न अध्ययनहरुले
एनजाइटि र डिप्रेसन बढ्ढै गएको देखाएको छ । यस्रो बढ्नुको कारण मानिसमा धेरै निराशापन
हुनु हो । लगातार
तनाव र चिन्ताको स्थिति बिस्तारै बढ्ढै जानु भनेको नै डिप्रेसन हुनु हो ।
सन् १९९० मा विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनअनुसार मानिसमा हुने विभिन्न स्वास्थ्य समस्यामध्ये डिप्रेसन चौथो स्थानमा थियो, तर सन् २०२० सम्म आइपुग्दा यो दोस्रो नम्बरमा पुगेको छ ।
डिप्रेसनको लक्षणहरु
१.
मुडमा असामान्य परिवर्तन
मुडमा
असामान्य परिवर्तन आइरहनु डिप्रेसनको प्रारम्भिक लक्षण हो । विशेषगरी उदासीनता, दुःखी, रित्तो, रुन मन लाग्ने हुन्छ । डिप्रेसनको पहिचानका लागि मुख्य लक्षणहरूमध्ये
कमजोर मुड (लो मुड) पनि एक हो ।
२.
इच्छा वा खुसीमा कमी
डिप्रेसनको
दोस्रो लक्षणमा इच्छा, खुसीहरू घट्दै जानु हो । कुनै पनि विषयप्रति चाहना नहुनुका साथै
कुनै पनि विषयमा खुसी महसुस हुँदैन । दैनिक क्रियाकलापलगायत अन्य महत्वपूर्ण
क्षेत्रहरूमा समेत इच्छाहरू एकाएक घट्दै जाने गर्छ ।
३.
तौलमा एकाएक परिवर्तन
जब व्यक्तिमा
डिप्रेसन हुन थाल्छ, तौलमा एकाएक परिवर्तन देख्न सकिन्छ । तौल कि त बढ्ने गर्छ कि त घट्ने गर्छ । अध्ययनअनुसार बालबालिकामा भने तौल बढ्ने
गरेको छ ।
४.
निद्रामा असन्तुलन
डिप्रेसन
भएपछि प्रायःजसो व्यक्तिहरूमा राति निदाउन नसक्ने, तर दिउँसो भने निद्रा बढी लाग्ने लक्षण देखिन्छ । कसैलाई आवश्यकभन्दा बढी निद्रा लाग्ने, कसैलाई निद्रा नलाग्नेसमेत हुन सक्छ ।
५.
थकान
आवश्यकभन्दा
बढी थकान हुनुका साथै अत्यन्त कम ऊर्जा महसुस हुनु पनि डिप्रेसनको लक्षण हो । यसले कुनै पनि विषयमा एकाग्रता नहुने, निद्रा नपुगेकोजस्ता लक्षण देखिने हुन्छ । अत्यधिक थकानले गर्दा शारीरिक परिश्रम
गर्नसमेत कठिनाइ हुने गर्छ ।
६.
पश्चात्ताप महसुस
डिप्रेसनबाट
पीडित व्यक्तिलाई हरेक विषयमा पश्चात्ताप हुने गर्छ । आफू अयोग्य महसुस गर्न थाल्छन् । कुनै पनि विषयमा आफ्नो नियन्त्रण नहुने, नकारात्मक विचार बढी आउने गर्छ । जसले गर्दा हरेक सकारात्मक कुरामा समेत
पश्चात्ताप, हीनताबोध गर्न थाल्छन् ।
७.
मृत्युको विचार आउने
डिप्रेसन
भएका व्यक्तिमा असाध्य हीनताबोध हुने हुँदा मृत्युको विचार बढी आउने गर्छ । डिप्रेसन अत्यधिक मात्रामा भए आत्महत्याको
विचारसमेत आउन थाल्छ । आत्महत्याको विचार आउँदैमा आत्महत्या
गर्छन् भन्ने हँुदैन, नैराश्यताले भने मानसिक रूपमा कमजोर बनाउँदै
लान्छ ।
समयमा
नै यसको समाधान कसरी गर्ने ?
Ø दैनिक क्रियाकलाप असामान्य लाग्दै आएमा मनोचिकित्सक
वा मनोविज्ञसँग परामर्श लिनुपर्छ ।
Ø दैनिक ध्यान, योग, प्राणायाम गर्नु राम्रो हुन्छ । शारीरिक परिश्रम हुने कसरत गर्नुपर्छ ।
Ø आफूलाई भएको अनुभूतिका बारेमा मनमिल्ने
साथी वा परिवारलाई सेयर गर्नु राम्रो हुन्छ ।
Ø कुन कारणले डिप्रेसन भएको हो पहिचान गर्नुपर्छ । उक्त विषयमा तनाव लिनु कत्तिको जरुरी
हो, थाहा पाउनुपर्छ ।
Ø प्राकृतिक भोजनको प्रयोग गर्नुपर्छ । जाँड, रक्सी, धुमपानको लत छ भने हटाउनुपर्छ ।
Ø सकारात्मक ऊर्जा मिल्ने पुस्तक, भिडियोहरू हेर्नु राम्रो हुन्छ ।
Ø बिहानीपखको घाममा कम्तीमा ३० मिनेट बस्नु राम्रो
हुन्छ ।

No comments: