एउटा यस्तो सम्बन्ध होस जो मिठो सम्बन्ध होस ‍// कान्छा पदम // मन छुने लाईनहरु // Nepali Heart Touching Line // Kaanxaa Padam

कान्छा पदम - मन छुने लाईनहरु


सधे रिसाइरहने मान्छेले केहि माया पनि गर धेरै हैन थोरै गर

  तर सधैं भरि गर


कुनै समय मेरो मौनतालाई पनि पढ्न सक्ने मान्छले

आज भोली त्यहि मेरो आवाज सुनेर पनि नसुने झै गरिरहेको छ 


 

थाह छ समयमै समय बदलिन्छ तर मान्छेहरु कहिले र कतिबेला बदलिन्छ थाहा नै हुँदैन रहेछ 


यो सम्बन्ध पनि जागिर जस्तै भएको छ , 

अलिकति केहिको कमि होस या नहोस कतै राम्रो भेत्यो भने पुरानोलाई बिर्सिहाल्छन 


 पराईको थप्पडले  पनि त्यति दुखेको मन कहिलेकाहिँ आफ्नाहरुको बोली र बचनले  निकै दुख्दो रहेछ ।


हरेक समय मनमा यहि प्रश्न खेलिरहेको छ ,  हिजो तिमीलाई मैले बिर्सिए भने सास फेर्न पनि बिर्सिन्छु होला भनेर कसम खानेले, आज कसरी मलाई बिर्सिएर सास फर्दैछ होला ?


जिन्दगिमा कोहि  त यस्तो माया गर्ने मान्छे होस जसले मनबाट नै भनोस

मेरो लागि तिमी हौ सारा खुशी सारा जिन्दगि नै


 यदि त्यो सम्बन्ध सच्चा हो भने कहिलेकाहि केहि गल्ति हुदा पनि  मुखैमा रिस किन  नहोस 

तर  सम्बन्धको मनैबाट सम्मान हुन्छ


एउटा यस्तो सम्बन्ध होस जो  मिठो सम्बन्ध होस, 

जहाँ सुख भन्दा केहि दुख नै किन नहोस तर  माया भनेअजम्बरी होस 


एउटा सम्बन्धमा हरेक कमि कमजोरीको हिसाब राख्न सक्नेले , 

त्यसै गरि माया र प्रेमको पनि हिसाब राख्न सक्ने हो भने त्यो सम्बन्धको कहिल्यै पनि अन्त्य हुन सक्दैन ।


हिजो तिमी सँगै हुदा रहरले बाध्य भएर पनि सपना देख्न सिकायौ 

आज तिमी पराई भयौ र बाध्यताले नै सपनाहरु त्याग्न सिकायौ


एउटा सम्बन्धलाई नजिकबाट उसैले बु्झेको हुन्छ 

जसले हासो भित्र लुकेको पीडा र रिस भित्र लुकेको मायालाई सुन्दर आँखाबाट देख्ने गर्छ 

 

एउटा यस्तो सम्बन्ध होस जो मिठो सम्बन्ध होस ‍// कान्छा पदम // मन छुने लाईनहरु // Nepali Heart Touching Line // Kaanxaa Padam एउटा यस्तो सम्बन्ध होस जो  मिठो सम्बन्ध होस ‍// कान्छा पदम // मन छुने लाईनहरु // Nepali Heart Touching Line // Kaanxaa Padam Reviewed by KaanxaaPadam on December 13, 2020 Rating: 5

No comments:

Powered by Blogger.