फिशिङ भनेको के हो ? यसबाट कसरी बच्ने ?

 
 पछिल्लो समय मानिसहरू अनलाइन फिशिङ र अट्याकहरुको शिकार भइरहेका छन् । हामीमध्ये धेरै जनाले अञ्जानमा थाहा नभएरै कति धेरै स्क्यामहरुलाई आफ्नो डिभाइसमा प्रवेश गर्ने द्वार आफैंले खुला गरिरहेका हुन्छौं । 
यसैवीच निजी क्षेत्रको ठूलो मोबाइल सेवाप्रदायक कम्पनि एनसेलले तपाईंहरुका लागि फिशिङ तथा साइबर हमलाबाट बच्न केही उपयुक्त सल्लाह दिएको छ । 



सबैभन्दा पहिले फिशिङ भनेको के हो भन्ने कुरा बुझ्न आवश्यक छ ।  फोशिङ भनेको अनलाइनमा ठगी गर्ने नियत भएका मान्छेहरुले वास्तविकजस्तो देखिने ईमेलहरु बनाउँछन्, जुन कुनै कम्पनीको आधिकारिक ईमेल जस्तो देखिन्छ ।
तर वास्तवमा यी ईमेलभित्र  हानिकारक भाइरसहरु हुन्छन्, जसले डिभाइसमा मेलिसियस सफ्टवेयरहरु राखिदिन्छन् । ताकि प्रयोगकर्ताहरुको उपकरणबाट संवेदनशील वित्तीय विवरण तथा पासवर्डहरु चोरी गर्न सकियोस् । 
यसबाट बच्न के गर्ने ?
 १ - अज्ञात स्रोतबाट आएका ईमेलका अट्याचमेन्टहरु कहिल्यै पनि नखोल्नुहोस् । त्यस्ता ईमेलमा रेन्समवेयर भाइरस तथा अन्य किसिमका माल्वेयरहरु हुन्छन् ।
२ - अज्ञात ईमेलभित्र रहेका लिङ्कहरुलाई पनि कहिल्यै नखोल्नुहोस् । त्यहाँबाट मेलिसियस साइटमा पुगिन्छ । जसको माध्यमबाट ह्याकरले तपाईंको डिभाइसमा माल्वेयर राखिदिन्छन् । 
३ - तपाईंको व्यक्तिगत वा वित्तीय विवरण माग्ने ईमेलहरुलाई कहिल्यै पनि प्रतिक्रिया नदिनुहोस् । बैंक तथा कुनै पनि संस्थालाई व्यक्तिको संवेदनशील व्यक्तिगत विवरण हुन्छ तर पासवर्ड माग्ने अनुमति हुँदैन । 
 
x

फिशिङ भनेको के हो ? यसबाट कसरी बच्ने ? फिशिङ भनेको के हो ? यसबाट कसरी बच्ने ? Reviewed by KaanxaaPadam on June 25, 2021 Rating: 5

No comments:

Powered by Blogger.