नक्सा डाउनलोड गर्न तलको लिङ्कमा जानुहोला ।
Full HD Rolpa District Mapरोल्पा जिल्लाको परिचय सङ्गै , रोल्पा जिल्लाको नक्सा
बि.सं.२०१८ साल पूर्व रोल्पा नामको जिल्ला अस्तित्वमा थिएन । तत्कालीन राजा महेन्द्रबाट पञ्चायती शासन व्यवस्थाको विजारोपण संगसंगै जिल्लाहरुको संरचना विभाजन र समायोजन गर्ने क्रममा प्यूठान र सल्यान जिल्ला अन्तर्गत रहेका केही भू–भागलाई मिलाएर एउटा छुट्टै जिल्ला घोषणा गर्ने कार्य भयो । त्यसपछि कोटमौला गा.वि.स.को रोल्पा भन्ने ठाउँ (उक्त गा.वि.स.२०३२ साल तिर सल्यान जिल्लामा मिलान गरीएको) को नामबाट रोल्पा जिल्ला भन्ने नाम रहन गई जिल्ला सदरमुकाम लिवाङमा स्थापित भयो ।
यसरी रोल्पा जिल्ला छुट्टै रुपमा स्थापना भएतापनि केही वर्षसम्म सम्पूर्ण सरकारी कामकाज प्यूठान जिल्लाबाटै हुने गर्दथ्यो । रोल्पा जिल्लामा ५४ वटा गा.वि.स.(तत्कालिन गाउँ पञ्चायत) रहदै आएकोमा पुनः भौगोलिक संरचना गर्ने क्रममा २०३२/०३३ सालतिर रोल्पा जिल्ला अन्तर्गतका ढाकाडाम, दमाचौर, कालागाउँ, थारमारे, कोटमौला लगायतका गा.वि.स.हरु सल्यान जिल्लामा र रोल्पा जिल्लाको खारा लगायतका गा.वि.स.हरुलाई रुकुम जिल्लामा मिलान गरिएको थियो भने प्यूठान जिल्ला अन्तरगत रहेका मसीना, जौलिपोखरी, घोडागाउँ, खुंग्री तथा सल्यान जिल्लाका दुबिडाँडा, सखी, झेनाम, नुवागाउँ, जुँगार, गैरीगाउँ, बुढागाउँ, डुब्रीङ गा.वि.स.हरु रोल्पा जिल्लामा मिलान गरेपछि रोल्पा जिल्लामा ५१ वटा गा.वि.स.कायम हुन गएको हो ।
हाल नेपालको संविद्यान, २०७२ लागू भै सकेपछि राज्य पुनर्संरचनाबाट १० वटा स्थानीय तह कायम भै ती सबै १० वटै पालिकाहरुमा ७२ वटा वडा कार्यालयहरु खडा गरिएका छन् । उक्त १० वटा पालिका मध्ये १ वटा रोल्पा नगरपालिका रहेको छ भने अरु ९ वटा गाउँपालिकाहरु क्रमशः सुनिल स्मृति गाउँपालिका, लुंग्री गाउँपालिका, सुनछहरी गाउँपालिका, थबाङ गाउँपालिका, परिवर्तन गाउँपालिका, गंगादेव गाउँपालिका, माडी गाउँपालका, त्रिवेणी गाउँपालिका र रुन्टीगढी गाउँपालिका रहेका छन ।

रोल्पा जिल्लाको राजनितिक तथा प्रशासनिक नक्सा , Map oF Rolpa District
Reviewed by KaanxaaPadam
on
December 20, 2025
Rating:
Reviewed by KaanxaaPadam
on
December 20, 2025
Rating:

No comments: