मान्छेले नै मान्छेलाई यति ठूलो चोट दिन्छन कि , लाग्छ सायद त्यति ठूलो चोट मृत्युले पनि दिदैन....
विस्तारै रात छिपिदैछ , मन भने भारी भारी भैरहेको छ ,, सबै तिर सुनसान छ , विस्तारै-विस्तारै वरपरका घरमा रहेका बत्तीहरु निभ्दैछन् , मन उहि भारी भारी नै भैरहेको छ , चारै तिर भएका केहि सामान बाहेर कोहि पनि केहि पनि छैन , मन भारी नै छ , विस्तारै आकाशबाट जमिनमा पानी झर्दैछ , जसरी आँखाबाट आँसु झर्दैछन , सायद त्यो आकाशको पानी पनि मेरो आँसु सँग सँगै बग्न चाहन्थ्यो,।
हिजो राती ननिदाएर रात उज्यालो भएछ ।।
झर्दा झर्दै आँखाबाट आँसु उज्यालो भएछ ।।
मलाई मृत्यू भन्दा पनि छतपटि गाह्रो भएपछि ।
सम्हाल्दै मनलाई पुछ्दै आँसु उज्यालो भएछ ।।
पिडा माथि पिडा थपियो भने , सम्हालिएर नहुने रहेछ ।।
बुझाउदै मनलाई पुछ्दै आसु , सम्हालिएर नहुने रहेछ ।।
शब्द शब्दले जल्यो भने एकैएटक मन अनि मुटु पनि ।
लगाउदै मलम मुटु अनि मनमा ,सम्हालिएर नहुने रहेछ ।।
कहिले काहि असाध्यै प्यारो लाग्दो रहेछ ।।
जिन्दगि भन्दा पनि मृत्यू प्यारो लाग्दो रहेछ ।।
सायद यो भाग्यमा यस्तै नै लेखिएर हुनुपर्छ ।
सुख भन्दा पनि दुख प्यारो लाग्दो रहेछ ।।
एकै दिन भएपनि खुशी मनाई दिनु ।।
भोली म मरे भने खुशी मनाई दिनु ।।
जे सुकै भनोस तिम्रो समाजले,भन्न दिनु ।
बिन्ति मेरो मृत्यू पछि खुशी मनाई दिनु ।।
माथिका सबै शब्द र सिर्जना मेरो आफ्नै हुन, त्यसैले कपि गरेर आफ्नो नाममा प्रकाशन र प्रसारण नगरिदुिनुहोला धन्यवाद ।
म सँग अन्य सामाजिक सञ्जानमा जोडिन चाहनुहुन्छ भने जोडिनुहोला ,।
facebook Twitter Instagram Youtube
Reviewed by KaanxaaPadam
on
August 30, 2020
Rating:


No comments: