कान्छा पदमका छ मुक्तकहरु

१)  म पनि चलाउदा चलाउदै कलम प्रदेश हिड्ने तयारीमा छु |
अलिकति कमाउन रकम प्रदेश हिड्ने तयारीमा छु |
गरिवलाई हेर्ने नजरबाट हटाएर गाउँलाई |
गर्नका लागी परिवर्तन प्रदेश हिड्ने तयारीमा छु |

२)  चुपचाप बसीदिन्छु सुनसान बसीदिन्छु |
नबोलेर के हुदोरहेछ सम्मान बसीदिन्छु |
गर्दैन केहि आफ्ना र आफन्तिलाई बुझ्न |
बस गुमाए जसरी पहिचान बसीदिन्छु |
   ३) कि खुसी पथाईदेउ कि प्यार पठाईदेउ |
    सक्छौ भने मुटु छेड्ने हतियार पठाइदेउ |
    अब त्यो मुटु माथि यो मुटुको भ्रष्टाचारी देखाएर |
    छिट्टै छानबिन गर्न अख्तियार पठाइदेउ |
कान्छा पदम

   ४) देखाएर आश निराश बनाइदिन्छन |
   सच्चालाई नि छिनभरमै बदमास बनाईदिन्छन् |
   कस्तो अच्च्मका हुन्छन प्रेमको ब्यापार गर्नेहरु |
   रित्याएर खल्ती एकाएक अवकाश बनईदिन्छन् |


५) राम जस्तै पति हुदैन भने |
सीता जस्तै श्रीमती हुदैन भने |
किन पिउछन त मान्छेहरु मदिरा |
घाउ निको पार्ने ओखती हुदैन भने |

६) के सोची र के भनि मन पगालेर छोडी |
रोपी बिरूवा, नफुल्दै फूल ढालेर छोडी |
न फर्की त आफु, न कसैलाई फर्काई |
बनाई मुटु भित्र घाउ, बिष हालेर छोडी |

      कान्छा पदम माडी गाउँपालिका -५ , भाबाङ बाङमा रोल्पा |
कान्छा पदमका छ मुक्तकहरु कान्छा  पदमका छ मुक्तकहरु Reviewed by KaanxaaPadam on March 14, 2019 Rating: 5

No comments:

Powered by Blogger.